वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने « Khabarhub

वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने


९ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध सङ्घर्ष गर्ने भएको छ ।

दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए ।

वाइसिएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्योलताका कारण नागरिक राज्यविहीन बन्नुपर्ने अवस्थाको अन्त्यका साथै अतिक्रमित नेपाली भूमि रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजना गरिने उन बताए । १६ देखि २६ वर्षसम्मको युवालाई वाइसिएलमा आबद्ध गर्न तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।

कार्यक्रममा दोस्रो राष्ट्रिय भेलाबाट नवनिर्वाचित अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्ष गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पालगायत पदाधिकारीले पदभार ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ८ : २३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको