वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने « Khabarhub

वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध सङ्घर्ष गर्ने भएको छ ।

दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए ।

वाइसिएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्योलताका कारण नागरिक राज्यविहीन बन्नुपर्ने अवस्थाको अन्त्यका साथै अतिक्रमित नेपाली भूमि रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजना गरिने उन बताए । १६ देखि २६ वर्षसम्मको युवालाई वाइसिएलमा आबद्ध गर्न तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने उनको भनाइ छ ।

कार्यक्रममा दोस्रो राष्ट्रिय भेलाबाट नवनिर्वाचित अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्ष गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पालगायत पदाधिकारीले पदभार ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : २३ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ