चलचित्र ‘तिमि कस्कोको’ सम्पादन हुँदै « Khabarhub

चलचित्र ‘तिमि कस्कोको’ सम्पादन हुँदै


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– नेपाली कथानक चलचित्र तिमी कस्कोको छायाङ्कन सम्पन्न भएसँगै सम्पादन कार्य धमाधम भइरहेको छ । पूर्वी तेह्रथुममा ८० प्रतिशत छायाङ्कन भएको चलचित्रको सम्पादन कार्य धमाधम सम्पादक क्यामोदिन मिया र समीर मियाले गरी रहेको चलचित्रका निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए ।

चलचित्र तेह्रथुम जिल्लाको चोलुङ पार्क, तीनजुरे, वसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे, सुजेपु तीनछाँगे झरना लगायत विभिन्न स्थानमा छायाङ्कन भएको छ । तेह्रथुममा ८० प्रतिशत र काठमाडौं लगायत विभिन्न क्षेत्रमा २० प्रतिशत छायाङ्कन गरिएको छ । चलचित्र दि पाल्म ग्रुप फिलिम्स प्रालिको ब्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बनेको हो ।

चलचित्र नायक प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रताप श्रेष्ठ सँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले ‘सर्ट दिइएका छन् ।

गायक अचुत ढवाडी गायिका रेखा साहा र संगीत राजीव साहाको रहेको छ । तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुराँस नगरपालिका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई पनि प्रवर्द्धन गरी युवालाई स्वदेशमै केही गर्न सकिने प्रेरणा चलचित्रले बोकेको निर्देशक तथा निर्माता श्रेष्ठलेको भनाई छ ।

देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण भई रहेको चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बु लगायत रहेका छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर रहेका छन् ।

चलचित्रमा आकाश अकुले संगीत भरेका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिनुभएको छ । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायाङ्कनमा रहेको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन । चलचत्रिमा अर्जुन थापाको पटकथा र संवाद रहेको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : ४५ बजे

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट