पन्चदेवललाई उज्यालो नगर बनाउने कार्य सुरु भयो : मेयर चलाउने « Khabarhub

पन्चदेवललाई उज्यालो नगर बनाउने कार्य सुरु भयो : मेयर चलाउने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले नगरमा उज्यालो अभियानको प्रारम्भ भएको बताएकी छन् । नगरलाई उज्यालो बनाउने अभियान अन्तरगत पालिकाको वडा नम्बर एकमा केन्द्रीय प्रसारण लाइन बत्तिको उद्घाटन गर्दै उनले कुईकाबाट उज्यालो नगरको सुरुवात भएको बताईन् ।

पालिकाको एक नम्बर वडामा बत्तीको उद्घाटन भए सङ्गै निकट समयमै २ र ३ नम्बर वडामा बत्ती बल्ने उनले दाबी गरिन । उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले भनिन्, ‘नगरको एक नम्बरबाट बत्ती जडान सुरु भएको छ ।अब भौतिक निर्माणको काम ९ नम्बरबाट सुरु हुनेछ।’

नगरको सर्वाङ्गीण विकासका लागि ग्रामीण क्षेत्रबाट विकासका कामहरूको सुरुवात हुने उनले बताइन् ।

कार्यक्रममा सम्बोधनका क्रममा नगर उपप्रमुख हर्क बहादुर रावलले आफ्नो कार्यकालमा नगरका हरेक घरमा केन्द्रीय प्रसारण लाइनको बिद्युत् पुग्ने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : १४ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल