सत्ता गठबन्धन बैठक : सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश « Khabarhub

सत्ता गठबन्धन बैठक : सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेका सन्दर्भमा आज कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र त्यसपछि कुन निर्वाचन क्षेत्र हो भनी सोबारेमा समेत छलफल भएको उनले बताए । भोलि अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ ।

यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा एक सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १० : १४ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र