सुध्रिएन नेपालको फिफा वरीयता « Khabarhub

सुध्रिएन नेपालको फिफा वरीयता


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६औं स्थानमा यथावत रहेको हो । दुई महिनाअघि भने नेपाल ८ स्थान तल झर्दै १७६औं स्थानमा पुगेको थियो । नेपालले यो अवधीमा कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको थिएन ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १०४ र माल्दिभ्स १५६ औं स्थानमा यथावत नै छ । दक्षिण एसियाका भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९५ औं र श्रीलंका २०७ औं स्थानमा छन् ।

विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इंग्ल्याण्ड पाँचौ स्थानमा यथावत छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ११ : २१ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका