विदेशी दबाब बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थपा | Khabarhub Khabarhub

विदेशी दबाब बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थपा


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

हेटौंडाको पदमपोखरीमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन्।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह गरे।

मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : २६ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा