आजको मौसम : देशका थोरै स्थानमा ठूलो पानी पर्ने | Khabarhub Khabarhub

आजको मौसम : देशका थोरै स्थानमा ठूलो पानी पर्ने


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज दिउँसो देशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेको पूर्वानुमान छ।

आइतबार दिउँसो देशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन्। गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्नेछ। त्यसैगरी कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्नेे मौसमविद्ले बताएका हुन्।

मौसमविद् हिरा भट्राईले ठूलो पानी पर्ने भएकाले भू-क्षय र पहिरोको जोखिम बढ्ने बताए। उनका अनुसार ठूलो पानी पार्ने प्रणाली आइतबार राति नै कमजोर हुने देखिन्छ। मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने उनको भनाइ छ।

शनिबार राति देशका विभिन्न ठाउँमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई गैडे लगायत झापा इलामको सीमा क्षेत्रमा भारी वर्षा भएको सचेत हुन आग्रह गरेको हो।

वर्षा थप हुने देखिएकाले मेची, विरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोला आसपास बाढी आउन सक्ने भन्दै सतर्क रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ३३ बजे

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन – वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि

काडाँघारीको आइडियल सहकारीका सञ्चालक भागे, बचतकर्ता आन्दोलित

काठमाडौं- काठमाडौंको काँडाघारीस्थित आइडियल यमुना सहकारी संस्थाका सञ्चालहरू फरार भएका

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी,

मुकुल ढकालले बजाएको ‘खतराको घण्टी’ले रास्वपामा तरंग

काठमाडौं- गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा

चीनद्वारा सार्वजनिक तौल व्यवस्थापनमा तीन वर्षे अभियान सुरु

बेइजिङ । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) र शिक्षा तथा नागरिक