ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने « Khabarhub

ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अली फजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन्। अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदैछन्।

धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन्।

दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय लिएका हुन्। उनीहरु आफ्नो विवाहमा पाहुनाले चित्त बुझुञ्जेल तस्वीर खिचुन् भन्ने चाहन्छन्।

उनीहरुको प्रि वेडिङ सेरेमोनी नयाँदिल्लीमा हुँदैछ। नयाँदिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरुको विवाहको तीन दिनको कार्यक्रम हुनेछ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : १० बजे

एमसीसीअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र