सार्वजनिक शौचालय प्रयोगविहीन | Khabarhub Khabarhub

सार्वजनिक शौचालय प्रयोगविहीन


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सहजपुर- कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ ।

विसं २०६२ मा तत्कालीन अत्तरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा निर्माण गरिएको उक्त शौचालय कोरोना महामारीपछि प्रयोगविहीन छ । शौचालय बन्द हुँदा मादक पदार्थ सेवनकर्ता र मानसिक अवस्था ठिक नभएका व्यक्तिले शौचालय वरपर जथाभाबी शौच गर्ने गरेका कारण दुर्गन्ध बढेको बताइएको छ ।

उक्त क्षेत्रबाट शौचालय व्यवस्थापन नभए हटाइनुपर्ने स्थानीयको माग छ । शौचालय वरपर रहेको डिके तरकारी पसल सञ्चालन गर्दै आएका दिलाराम विकले शौचालय बन्द भए पनि यात्रुले चारैतिर अझै पनि दिसा पिसाब गर्ने गरेकाले दुर्गन्ध बढेको गुनासो गरे।

उनले शौचालय सञ्चालन हुँदा पनि सरसफाइमा ध्यान नदिँदा निकै दुर्गन्धित बनेका कारण आफूहरूले पसल नै बन्द गर्नुपर्ने अवस्था आएपछि शौचालय बन्द गर्न लगाएको बताए। “यो शौचालयको सेफ्टिट्याङ्की भरिएको छ, त्यसपछि शौचालयको जिम्मा लिएका मानिसले शौचालयकै पछाडि रहेको खल्लामा ट्याङ्कीको फोहर फाल्न थाले”, उनले भने, “त्यस्तो समयमा पसलमा बस्नै नसकिने अवस्था हुन्थ्यो, त्यसैले हामी नजिकका व्यवसायीहरूले यसलाई बन्द गर्ने माग गरेका थियौँ ।”

उनले शौचालय बन्द भए पनि शौच गर्ने मानिसले बाहिरै शौच गर्न थाल्दा झन् बढी दुर्गन्ध फैलन थालेकाले शौचालयलाई उक्त स्थानबाट हटाइनुपर्ने बताए। “सुरुआतमा यात्रुवाहक बस रोकिन्थे, बसपार्क यतै थियो, त्यसैले शौचालयको आवश्यकता थियो”, उनले भने, “तर अहिले बसपार्क माथि छ, बसपार्कमा शौचालय छँदैछ, यो शौचालयको काम नै छैन ।”

शौचालयको दुर्गन्धका कारण आएका ग्राहकहरू पनि नाक थुनेर भाग्ने गरेको उनले बताए । उनले शौचालयलाई हटाउन पटक–पटक नगरपालिका धाए पनि आफूहरूको गुनासो सम्बोधन नभएको बताए। सोही क्षेत्रमा होटेल सञ्चालन गरिरहेका किरण बोहराले शौचालयका कारण व्यापारमा ठूलो समस्या भइरहेको बताए।

“आउने बाटो त्यतै छ, शौचालयको दुर्गन्धका कारण ग्राहक परैबाट भाग्छन्, समस्या छ”, उनले भने, “त्यो शौचालयका कारण यो समाज नै फोहर भइसकेको छ ।” उनले चालु अवस्थाको भन्दा बन्द अवस्थामा रहेको शौचालयले बढी दुर्गन्ध फैलाइरहेको बताए।

यस्तै गोदावरी होटेल व्यवसायी सङ्घ अत्तरियाका सचिव रवीन्द्र खड्काले शौचालयका कारण बजारमा दुर्गन्ध बढेकाले चोकमा रहेको शौचालय हटाइनुपर्ने बताए। उनले बजारको मुख्य क्षेत्रमा नै दुर्गन्धित शौचालय हुँदा आएका पर्यटकमाझ पनि नराम्रो प्रभाव परिरहेको बताए। शौचालयको दुर्गन्धका कारण होटेल व्यवसाय सञ्चालन गर्नमा सबैभन्दा ठूलो समस्या भइरहेको उनले बताए ।

“होटेल भनेको खाना, नास्ता बनाइने तथा खाने र बस्ने क्षेत्र हो”, उनले भने, “तर नजिकै दुर्गन्ध फैलिरहँदा होटेलमा ग्राहक घटेका छन् ।” करिब १७ वर्ष अगाडि बनेको उक्त शौचालय राजमार्गको क्षेत्राधिकारभित्र रहेको जमिनमा बनेको छ । केही वर्ष पहिले सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग क्षेत्रमा रहेको अत्तरियाका केही स्थान खाली गरे पनि शौचालय भने भत्काएको थिएन ।

सो समितिको सुरुआती बोलपत्रमा सटही ढल र शौचालय बनाउने योजना आएपछि उक्त शौचालय बनेको थियो । स्थापना कालमा अत्तरियाचोकमा बसपार्क भएकाले मानिसको आवतजावत बढी हुने र शौचालयको अभाव भएकाले सो ठाउँमा शौचालय निर्माण गरिएको समितिका कार्यालय प्रमुख कुलान्द पनेरुले बताए । उनले निर्माणपश्चात् त्यसको सञ्चालन र व्यवस्थापनका लागि ठेक्कामा दिइएको मानिसले राम्ररी काम नगर्दा दुर्गन्ध बढेको र शौचालय पनि जीर्ण अवस्थामा पुगिसकेको बताए।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : २६ बजे

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप