डलरको भाउ हालसम्मकै उच्च « Khabarhub

डलरको भाउ हालसम्मकै उच्च


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यवृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ ।

 राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्नेछ ।

पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ ।

डलरको भाउभन्दा महँगो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, आइतबार डलरभन्दा महँगो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् । युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्री मूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : ३९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष