डेंगु नियन्त्रण गर्न जुटे लमजुङका स्थानीय तह « Khabarhub

डेंगु नियन्त्रण गर्न जुटे लमजुङका स्थानीय तह


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ- डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।

सदरमुकामस्थित बेसीसहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड-१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिह अर्याल बताउँछन्। ‘कोभिड सङ्क्रमण बिस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेंगुले दुःख दिन थाल्यो,’ उनले भने, ‘हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।’

डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले जानकारी दिए । ‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरू जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ,’ उनले भने, ‘प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।’

‘सबै जागौँ, सबै लागौँ वरिपरि जमेको पानी हटाई डेंगु भगाऔँ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । लमजुङमा डेंगुबाट संक्रमित हुनेको संख्या ८४ पुगेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : १२ बजे

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका