जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन सुरु | Khabarhub Khabarhub

जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन सुरु


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  नेपालीको महान् चाड बडादसैँ नजिकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको  छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिएको हो ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजाल भन्छिन्, ‘जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् ।’ उनका अनुसार हरेक स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि काम गर्न सकिरहेका छैनन् ।

अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म पटकपटक बजार अनुगमन गरेको  गर्दै आएको छ । उनले भनिन्, ‘यहाँका व्यापारीले अझै पसल अगाडि मूल्य सूची राख्न मानेका छैनन् ।’ मूल्य सूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । अझै पनि केही होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ता हुन सकेका छैनन् । मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ। लेबलमा उत्पादन मिति प्रस्ट खुलाएको भेटिँदैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको सामान पसलबाटै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताए । ती सामान ग्रामीण बस्तीका दर्ता नभएका पसलबाटै बिक्री भइरहेको उनकाे भनाइ छ ।

अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ । खाद्य अनुसन्धान अधिकृत डा. सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री वितरण गरेको भेटिएको पाइने गरेको छ । जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोली अनुगमनमा निस्किएको थियो ।

पछिल्लो समयमा जिल्लाको एक नगरपालिकासहित आठ वटा गाउँपालिकाको केन्द्रमा स्थानीय बजार स्थापना भइसकेका छन् । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रतिनिधि नन्दमाया रोकायाले समयमै करको दायरामा आउनका लागि व्यवसायीलाई आग्रह गरिन्।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  २ : २३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड