झापामा बढ्दै डेङ्गु सङ्क्रमण, ७९ जना सङ्क्रमित फेला « Khabarhub

झापामा बढ्दै डेङ्गु सङ्क्रमण, ७९ जना सङ्क्रमित फेला


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बनियानी- झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए। “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने, “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।”

सङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना सङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्ध शान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, बिर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डेङ्गु सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लाका १५ वटै पालिकालाई ३०/३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताए। आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : १८ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास