‘बैंकमा पैसा छैन, बजारमा व्यापार पनि छैन’ | Khabarhub Khabarhub

कमलेश अग्रवाल भन्छन्ः

‘बैंकमा पैसा छैन, बजारमा व्यापार पनि छैन’

वैदेशिक ऋण लिएर बनाइएका संरचना उपयोग हुन सकेनन्


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : व्यवसायी कमलेशकुमार अग्रवालले पैसा नहुँदा निजी क्षेत्र हतोत्साहित भएको बताएका छन् । खबरहबले आयोजना गरेको ‘नेपालमाथि वैदेशिक ऋणको बोझ कहिलेसम्म ?’ विषयक कार्यक्रममा बोल्दै नेपाल च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी अग्रवालले पैँसा नहुँदा निजी क्षेत्र हतोत्साहित भएको बताएका हुन् ।

पछिल्लो समय बैंकले ब्याजदर बढाउँदा पनि व्यवसायी झन् ठूलो मारमा परेको उनले बताए । राष्ट्र बैंकले बैंकको ब्याजदरमा नियन्त्रण गर्न नसक्दा निजी क्षेत्र झन् ठूलो समस्यामा परेको पनि उनले बताए ।

सरकार, निजी क्षेत्र र नियामक निकायबीच आवश्यक समन्वय नहुँदा पनि समस्या बढेको उनले बताए । पछिल्लो बैंकमा पैसा नभएको बजारमा व्यापार नभएका कारण र बैंकको ब्याजदरका कारण व्यापारी पीडित भइरहेको पनि अग्रवालले बताए ।

‘अहिले हेर्नुस बजारमा व्यापार छैन । बैंकमा पैसा छैन । अनि बैंकको ब्याजदरले व्यापारी पीडित भइरहेका छन्’ उनले कार्यक्रममा भने, ‘यसकारणले अहिले निजी क्षेत्र धेरैभन्दा धेरै हतोत्साहित छन् । कति व्यापारी पलायन भइरहेका छन् । कति भइसके । कति हुने योजनामा छन् । यस कुरामा अब सरकार गम्भीर हुनुपर्छ ।’

आयात रोक्ने विषयमा सरकारले गम्भीरतापूर्वक योजना र नियम ल्याउन नसकेको पनि उनले बताए । निजी क्षेत्रको लगानीको संरक्षण गर्नुपर्ने कुरामा सरकार गम्भीर हुनुपर्ने उनले बताए । अहिले शेयरमा सबैभन्दा ठूलो घाटा भइरहेको भन्दै लगानीकर्ता थप संकटमा परिरहेको उनले बताए ।

सरकारको नीतिगत समस्याका कारण यी समस्या बढेको उनले बताए । नेपालमा वैदेशिक ऋण ल्याउने काम भइरहेपनि त्यो निजी क्षेत्र उकास्ने मामिलामा प्रयोग हुन नसकेको उनले बताए । वैदेशिक ऋण कहाँबाट ल्याएर कहाँ सदुपयोग हुन्छ भन्नेमा कसैलाई पनि थाहा हुन नसकेको उनको टिप्पणी छ ।

प्राकृतिक रुपमा नेपाल धनी भएपनि त्यसको व्यवस्थापन सरकार तथा राजनीतिक दलका नेताहरुले गर्न नसकेको अग्रवालको भनाई छ । बहुराष्ट्रिय कम्पनी तथा दातृ निकायसँग लिइएको ऋणमा स्पष्ट सरकारको योजना नरहेको उनको भनाई छ ।

उनले चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह र निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगको विषयमा प्रश्न उठिरहेको बताए । निजी क्षेत्र र देशको दिगो विकासका लागि ध्यान दिएपनि त्यसलाई थेग्न सक्ने क्षमता देशमा नभएका कारण वैदेशिक ऋण सदुपयोग हुन नसकेको उनको भनाई छ ।

विदेशी ऋणबाट लिएर बनाइएका कुनै पनि संरचना र पूर्वाधार दिगो र निजी क्षेत्रलाई सहयोगी नहुँदा पनि नागरिकमाथि ऋणको बोझ थपिएको उनको भनाई छ । नेपाली मुद्रा कमजोर हुँदा पनि नेपालको आर्थिक अवस्था सुध्रिन नसकेको अग्रवालको भनाई छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : ४० बजे

कांग्रेसमा विशेष महाधिवेशनका लागि सङ्कलित हस्ताक्षर आज कार्यवाहक सभापति खड्कालाई बुझाइँदै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष

एमाले केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट

काठमाडौं – जेनजी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित

जेनजी आन्दोलन : घाइतेको उपचार निःशुल्क, वर्गीकरण गर्न प्राविधिक समिति गठन

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क

बैंकहरूले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम