उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुद्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् ।

उत्तर कोरियाली उत्तरी प्रान्त तायचोनको सामुन्द्रिक पानीमा स्थानीय समय अनुसार आइतबार बिहान ६ः५३ बजे सो क्षेप्यास्त्र हानेको दक्षिण कोरियाली सेना प्रमुखले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका हुन् ।

दक्षिण कोरिया उत्तरबाट हुन सक्ने यस्तो आक्रमणको प्रतिकार गर्न सक्ने पूर्ण क्षमताका साथ अमेरिकाको समन्वयमा पूर्ण तयारीका साथ रहेको जानकारी पनि सो विज्ञप्तिमा दिइएको छ ।

दक्षिण कोरियाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी एक सैनिक समूह दक्षिण कोरियाली बुसान सहरमा आएको दुई दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र परीक्षण गरेको हो ।

यसै महिना दक्षिण कोरियाली र अमेरिकी सैनिकले संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको बुझिएको छ । सोही तयारीको समयमा उता उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको बताइएको छ ।

यस अघि पनि उत्तर कोरियाले पटक पटक छोटो दुरीका यस्ता ब्यालेस्टिक क्षेप्यास्त्रहरु प्रहार गर्ने गरेको छ । यसै वर्ष पनि उत्तर कोरियाले कैयौँ पटक यस्ता क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ०४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित