भेनेजुएलामा बाढी : ७ जनाको मृत्यु « Khabarhub

भेनेजुएलामा बाढी : ७ जनाको मृत्यु


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको पश्चिमी भागमा भारी वर्षाका कारण आएको बाढीले धार्मिक जमघटमा सहभागीहरुको एक समूहलाई बगाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । मुलुकको ताचिरा राज्यमा घटना भएको भेनेजुएलाका गभर्नरले बताएका छन् ।

प्रोटेस्टेन्ट धार्मिक सम्प्रदाय मेथोडिस्ट चर्चका करिब ४० जना सदस्य भेला भएका बेला भारी वर्षाका कारण अचानक बाढी आएको गभर्नर फ्रेडी बर्नालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

वर्षा कम भएपछि नदीमा नुहाउने क्रममा एक्कासी पानीको सतह बढेर आएको र उनीहरुलाई बगाएको बर्नालले बताए ।

उनले भने, ’अहिलेसम्म सात वटा शव निकालिएको छ, जसमध्ये चार जनाको पहिचान हुन सकेको छैन, हामीले पहिचान हुन नसकेका शवका अफन्तको खोजी जारी राखेका छौं ।

कोलम्बियाको सिमानामा पर्ने पर्यटकहरूको लागि लोकप्रिय एन्डीज पर्वतमालाको क्षेत्रमा बाढी आएको हो । यस वर्ष भेनेजुएलामा औसतभन्दा बढी वर्षा भएको छ । वर्षााका कारण धेरै क्षेत्रमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

सरकारका प्रवक्ताले भारी वर्षालाई ‘ला नीना’ नामक मौसमी घटनासँग सम्बन्धित रहेको जनाएका छन् । प्रशान्त महासागरको भूमध्यरेखीय सतहको पानीमा तापक्रमको उतारचढावका कारण यस्तो हुने बताइन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : १७ बजे

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको

रुस–अमेरिका वार्ता ‘फलदायी’

एजेन्सी– मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना