द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्छ : गृहमन्त्री  « Khabarhub

द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्छ : गृहमन्त्री 


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले द्वन्द्व अन्त्यका लागि सबै सम्प्रदायलाई सम्मान गर्नुपर्ने बताएका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको आज उद्घाटन गर्दै उनले द्वन्द्वले मुलुक र जनताको हित नहुने बताए।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबै धर्म र सम्प्रदायका मानिसले एकले अर्कोलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । रुपन्देही विकासको गतिमा अघि बढिरहेको जनाउँदै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन अन्य एयरलाइन्सलाई ल्याउनका लागि प्रयत्न गरिरहेको बताए।

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खाँणले प्रदेशका धार्मिक सम्पदाको रक्षाका लागि सरकारले सक्दो प्रयत्न गरिरहेको बताए।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ४२ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी