उच्च पदमा बस्ने व्यक्तिहरूबाटै लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखियो : डा. भट्टराई « Khabarhub

उच्च पदमा बस्ने व्यक्तिहरूबाटै लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखियो : डा. भट्टराई


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भइरहेको बताएका छन्।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा भट्टराईले कुनै जिम्मेवारी नै नलिएर उच्चतम पदमा बस्ने मान्छेबाट नै संविधान भत्काउने र मिच्ने काम भएको र संघीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गामा प्वाल पार्ने प्रवृत्ति देखिएको बताएका हुन्  ।

उनले लोकतन्त्रीको विकासका लागि विशेष ध्यान दिनुपर्ने र संघीयतालाई बलियो पार्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे।

संघियतालाई बलियो बनाउन संविधान बनाउने क्रममा पनि त्रुटि रहेको र अहिले ठिक ढंगले कानून नबनाउँदा ठिक ढंगले काम गर्न नसकेको उनले बताए।

उनले मुलुकको द्रुततर विकास र समृद्धिका लागि ‘थिङ्क ट्याङ्क’ संस्थाको आवश्यकता रहेको र यसमार्फत गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न काम गर्नुपर्ने जिकिर गरे।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले सार्वजनिक नीतिले राष्ट्रियहितको संरक्षण र संवर्द्धन गर्नका लागि प्रतिष्ठान क्रियाशील रहेको धारणा राखे।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ०९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको