उपभोक्तालाई ठगीबाट बचाउन प्रधानमन्त्री देउवाको निर्देशन | Khabarhub Khabarhub

उपभोक्तालाई ठगीबाट बचाउन प्रधानमन्त्री देउवाको निर्देशन


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा दसैँँ, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहलपहल सुरु भएसँगै बजारमा कृत्रिमरूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न आग्रह गरे ।

उनले भने, “अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा उपभोग्य वस्तुहरूमा जथाभावी मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न सबैले आआफ्नो क्षेत्रमा अनुगमन र सुपरीवेक्षणलाई बढाउनुपर्ने हुन्छ ।”

प्रधानमन्त्री देउवाले अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न, अत्यावश्यक वस्तुको सहज र सर्वसुलभ उपलब्धता कायम गर्न, खाद्य वस्तुको स्वच्छता कायम गर्न र वस्तुको गुणस्तर तथा नापतौलमा कुनै मोलाहिजा हुन नदिन सरोकारवाला सबै निकायहरूलाई सक्रियता साथ बजार अनुगमन कार्यमा खटिन निर्देशन दिए ।

उनले भने, “बजार अनुगमन गर्दा थोक तथा खुद्रा सबै किसिमका अनुचित व्यापारिक क्रियाकलापलाई प्रत्यक्षरूपमा निगरानी गर्नुपर्ने हुन्छ । यस क्रममा सम्बन्धित सबै निकायको प्रतिनिधित्व हुने गरी संयुक्त अनुगमन टोली गठन गरी केन्द्रदेखि स्थानीय तहसम्म परिचालित हुन म सम्बन्धित निकायहरूलाई निर्देशन गर्दछु ।”

उनले केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्त मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालय तथा निकायहरूले पनि बजार अनुगमन कार्यको समन्वय गरी बजारका गतिविधिलाई स्वच्छ र उपभोक्तामैत्री बनाउन विशेष पहलकदमी लिन आवश्यक रहेको बताए ।

अहिले इन्धन, खाने तेल, गहुँलगायतका कतिपय खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा भएको मू्ल्य वृद्धि तथा रुस–युक्रेन युद्धका कारण विश्व आपूर्ति प्रणाली शृङ्खलामा आएको व्यवधानले कतिपय उपभोग्य वस्तुको मूल्य बढेको र उपभोक्ताहरू बढी मारमा परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसमाथि बजारमा हुने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यले सर्वसाधारण जनतालाई थप आहत बनाउने बताए ।

यस पृष्ठभूमिमा बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सम्पूर्ण सरोकारवाला निकायहरूलाई उनले आग्रह गरे ।

विभिन्न चार जना मन्त्री र सचिवहरुसहितको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले १२ बुँदे निर्देशन दिएका हुन् । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको उपस्थिती थियो ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर, उद्योगसचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्तिसचिव तोयम राया, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

छलफलमा उद्योगमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी गराउँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको बताए । साथै उनले अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ४५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको