भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट « Khabarhub

भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भारतको राष्ट्रपतिको रूपमा उनको यो पहिलो आन्तरिक भ्रमण हुनेछ ।

सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी हुनेछिन् । त्यसैगरी उनले धारवाडमा भारतीय सूचना प्रविधि संस्थान धारवाडको नयाँ क्याम्पसको पनि उद्घाटन गर्नेछिन् । मङ्गलबार राष्ट्रपतिले बेंगलुरुमा हिन्दुस्तान एरोनटिक्स लिमिटेडको एकीकृत क्रायोजेनिक इन्जिन उत्पादन सुविधाको उद्घाटन गर्नेछिन् ।

उनी सोही दिन सेन्ट जोसेफ युनिभर्सिटीको उद्घाटन समारोहमा सहभागी हुने र पछि कर्नाटक सरकारले उनको सम्मानमा बेंगलुरुमा आयोजना गर्ने नागरिक स्वागत समारोहमा भाग सरिक हुने छिन् राष्ट्रपति मुर्मु सेप्टेम्बर २८ मा केन्द्रीय राजधानी फर्कनेछिन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ८ : २८ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच