हिमालका फेदीबाट पहाड झरे भेडीगोठ « Khabarhub

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बेनी– बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो । हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन् ।

म्याग्दीका गुर्जा, मुदी, ओखरबोट, मल्कबाङ, मराङ, कुइनेमङ्गले, चिमखोला, भगवती, दोवा, दाना, पाउद्वारलगायतका क्षेत्रमा व्यावसायिक भेडापालन हुँदै आएको छ । गुर्जाको चुरेन र पुथाआधार शिविरमा रहेका भेडीगोठ गाउँतर्फ सार्न सुरु गरिएको छ । हिमाली क्षेत्रमा करिब तीन महिनासम्म रहने भेडीगोठलाई बिस्तारै पहाडी जङ्गलतर्फ सारिएको विगत छ वर्षदेखि व्यावसायिक भेडापालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताए ।

रघुगङ्गा गाउँपालिकाको चिमखोला र कुइनेमङ्गलेका भेडापालक कृषकहरुले चौरवन, रिखार, कालीबराहलगायतका बुकीहरुमा राखेका भेडीगोठलाई खर्कतिर सार्न थालेका छन् । धवलागिरि गाउँपालिका–४ मुदीका झर्सिङ मगर, खिमकल मगर र चनप्रसाद मगरलगायतले पनि हिमाली बुकीहरुबाट सिङकोसतर्फ भेडीगोठ सार्न थालेका छन् ।

मुस्ताङ र म्याग्दीको हिमालीबुकीसम्म गोठ लगेका रघुगङ्गा गाउँपालिकाको भगवती र बेगका भेडापालकहरुले समेत गोठलाई पहाडी क्षेत्रमा ल्याइसकेका छन् । उता अन्नपूर्ण गाउँपालिका–५ खयरखोला र वडा नं ३ दानाको लेकमा रहेका गोठहरु पनि न्यानो र चरनका लागि लेकका बुकीबाट खर्कतर्फ झरेका छन् । चरन, न्यानो र बिक्रीका लागि पनि गोठहरुलाई लेकका बुकीबाट बेँसीतर्फ लैजान सुरु भएको पाउद्वारका भेडापालक कृषक लालवीर तिलिजाले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ११ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको