हिमालका फेदीबाट पहाड झरे भेडीगोठ « Khabarhub

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बेनी– बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो । हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन् ।

म्याग्दीका गुर्जा, मुदी, ओखरबोट, मल्कबाङ, मराङ, कुइनेमङ्गले, चिमखोला, भगवती, दोवा, दाना, पाउद्वारलगायतका क्षेत्रमा व्यावसायिक भेडापालन हुँदै आएको छ । गुर्जाको चुरेन र पुथाआधार शिविरमा रहेका भेडीगोठ गाउँतर्फ सार्न सुरु गरिएको छ । हिमाली क्षेत्रमा करिब तीन महिनासम्म रहने भेडीगोठलाई बिस्तारै पहाडी जङ्गलतर्फ सारिएको विगत छ वर्षदेखि व्यावसायिक भेडापालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताए ।

रघुगङ्गा गाउँपालिकाको चिमखोला र कुइनेमङ्गलेका भेडापालक कृषकहरुले चौरवन, रिखार, कालीबराहलगायतका बुकीहरुमा राखेका भेडीगोठलाई खर्कतिर सार्न थालेका छन् । धवलागिरि गाउँपालिका–४ मुदीका झर्सिङ मगर, खिमकल मगर र चनप्रसाद मगरलगायतले पनि हिमाली बुकीहरुबाट सिङकोसतर्फ भेडीगोठ सार्न थालेका छन् ।

मुस्ताङ र म्याग्दीको हिमालीबुकीसम्म गोठ लगेका रघुगङ्गा गाउँपालिकाको भगवती र बेगका भेडापालकहरुले समेत गोठलाई पहाडी क्षेत्रमा ल्याइसकेका छन् । उता अन्नपूर्ण गाउँपालिका–५ खयरखोला र वडा नं ३ दानाको लेकमा रहेका गोठहरु पनि न्यानो र चरनका लागि लेकका बुकीबाट खर्कतर्फ झरेका छन् । चरन, न्यानो र बिक्रीका लागि पनि गोठहरुलाई लेकका बुकीबाट बेँसीतर्फ लैजान सुरु भएको पाउद्वारका भेडापालक कृषक लालवीर तिलिजाले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ११ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि