‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्छ : भारतीय वायुसेना प्रमुख « Khabarhub

‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्छ : भारतीय वायुसेना प्रमुख


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने बताएका छन् ।

मुलुकको छिमेकमा सुरक्षा अवस्था राम्रो नरहेको भन्दै वायुसेना प्रमुख चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने जनाएका हुन् ।

‘हाम्रो छिमेकमा सुरक्षा अवस्था राम्रो छैन । त्यसैले हामीले हाम्रो आर्थिक विकाससँगै घरेलु सैनिक क्षमता पनि बढाउनुपर्ने आवश्यकता छ ।’ चौधरीलाई उद्धृत गर्दै ट्रिब्युन इन्डियाले जनाएको छ ।

यसका लागि भारतीय वायुसेनाको परम्परागत र गैर परम्परागत युद्ध लड्ने क्षमता पनि बढाउनु पर्ने उनको तर्क छ । अहिले भारतले धेरै खतराको सामना गरिरहेको बताउँदै उनले हाइब्रिड युद्धले अझ ठूलो चुनौति थप्ने बताए ।

उनले आफ्नै मुलुकमा सैन्य उपकरण निर्माणका लागि अध्ययन र विकासको कार्य हुनुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : १८ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी