टोल टोलमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिदैँ « Khabarhub

टोल टोलमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिदैँ


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुरु गरेको छ ।

ज्येष्ठ नागरिकको सम्मानस्वरूप समुदायमै गएर बालबालिकाको खोप क्लिनिक जस्तै नियमित रुपमा जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाको योजना छ ।

आइतबार नगरको वडा नम्बर १३ नर्सिङडाडामा एक कार्यक्रमका बीच नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुभारम्भ गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडाका हरेक टोलमा पुगेर ज्येष्ठ नागरिक स्वास्थ्य क्लिनिक संचालन गरिने सापकोटाले बताए ।

ज्येष्ठ नागरिकको उपचारमा समस्या भएपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण

अहिले एकल भएका र घरमा बुढाबुढी मात्र भएका ज्येष्ठ नागरिकमा धेरै स्वास्थ्य समस्या देखिएकोले समुदायमै गएर जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गरेको नगरपालिकाले जनाएको छ । स्थानिय ज्येष्ठ नागरिक कालिका दुलाल भन्छिन्,‘ आफ्नै गाउँमा उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको छ। ’ आफन्तको बेवास्ताका कारण ज्येष्ठ नागरिक एक्लिँदा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।

पहिलो चरणमा प्रत्येक वडामा शिविर मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान समेत हुने भएको छ । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए । नगरभित्र हरेक वडामा रहेका हेल्थ पोस्टमा कार्यरत हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब र अनमी मध्येबाट नियमित औपचारीक तालिका बनाएर सबै वडाका हरेक टोलमा ज्येष्ठ नागरिकको परीक्षण गर्न पुग्नेछन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : २६ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको