इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्कायो : तालिबान « Khabarhub

इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्कायो : तालिबान


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।

तालिबान सरकारको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको हो ।

अफगान टेलिभिजन च्यानल टोलो न्युजको अनलाइन संस्करणले जनाएअनुसार तालिबानले इरानसँग शरणार्थी समस्याका विषयमा निरन्तर छलफल गरिरहेको छ ।

यसबाहेक तालिबान अधिकारीहरुले इरानले फर्काएका अफगान नागरिकलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न अफगानिस्तानका लागि इरानी राजदूत बहादुर अमिनइनसमक्ष आग्रह गरेको समेत टोलो न्युजले जनाएको छ ।

राजदूत अमिनइनले हाल हरेक दिन ३ हजारको संख्यामा अफगानिस्तानबाट गैर कानूनी रुपमा शरणार्थीहरु इरान प्रवेश गरिरहेको जनाएका छन् । उनले गैर कानूनी हिसाबमा इरान प्रवेश गर्ने अफगान शरणार्थीहरु सेवा सुविधाबाट बञ्चित हुने र मानव तस्करको जोखिममा पर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ५३ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी