पहिरो पन्छाएपछि महाकाली लोकमार्ग सञ्चालन | Khabarhub Khabarhub

पहिरो पन्छाएपछि महाकाली लोकमार्ग सञ्चालन


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ ।

दार्चुलाको गोकुकेश्वर खलङ्गा सडकखण्डअन्तर्गत पनेबाज क्षेत्रमा खसेको पहिरो ठेकेदारको स्काइभेटर र डिभिजन सडक पाटन बैतडीको लोडरले पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरले जानकारी दिए ।

स्काइभेटर र लोडरले पहिरो पन्छाएपछि लामो तथा छोटो दूरीका सवारी साधनहरु आ–आफ्नो गन्तव्यका लागि चल्न थालेका छन् । लोकमार्ग अवरुद्ध हुँदा दार्चुला काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुराका लागि छुटेका सवारी साधनहरु ठप्प भएका थिए ।

उक्त क्षेत्रमा पहिरो आएर फेरि सडक बन्द हुने सम्भावना रहेको छ । सडक डिभिजनका सुपरभाइजर राजेन्द्रसिंह धामीका अनुसार सडक भासिएको ठाउँमा तलतिर पर्खाल लगाउन नमिल्ने भएको कारण ब्याक कटिङ गर्नुपर्ने र कटिङ गरिसकेपश्चात् सडक पूर्णरूपले सञ्चालन हुने बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ५७ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण