पहिरो पन्छाएपछि महाकाली लोकमार्ग सञ्चालन « Khabarhub

पहिरो पन्छाएपछि महाकाली लोकमार्ग सञ्चालन


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलङ्गा सडकखण्डको शैल्य शिखर नगरपालिका पनेबाज क्षेत्रमा आइतबार खसेको पहिराका कारण अवरुद्ध महाकाली लोकमार्ग १२ घण्टापश्चात् सञ्चालनमा आएको छ ।

दार्चुलाको गोकुकेश्वर खलङ्गा सडकखण्डअन्तर्गत पनेबाज क्षेत्रमा खसेको पहिरो ठेकेदारको स्काइभेटर र डिभिजन सडक पाटन बैतडीको लोडरले पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत मगरले जानकारी दिए ।

स्काइभेटर र लोडरले पहिरो पन्छाएपछि लामो तथा छोटो दूरीका सवारी साधनहरु आ–आफ्नो गन्तव्यका लागि चल्न थालेका छन् । लोकमार्ग अवरुद्ध हुँदा दार्चुला काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुराका लागि छुटेका सवारी साधनहरु ठप्प भएका थिए ।

उक्त क्षेत्रमा पहिरो आएर फेरि सडक बन्द हुने सम्भावना रहेको छ । सडक डिभिजनका सुपरभाइजर राजेन्द्रसिंह धामीका अनुसार सडक भासिएको ठाउँमा तलतिर पर्खाल लगाउन नमिल्ने भएको कारण ब्याक कटिङ गर्नुपर्ने र कटिङ गरिसकेपश्चात् सडक पूर्णरूपले सञ्चालन हुने बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १० : ५७ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि