नबिल बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात « Khabarhub

नबिल बैंकद्धारा शाखारहित बैंकिङ सेवाको सुरुवात


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले कार्यक्रमको आयोजना गरेर बैंकिङ सेवाको सुरूवात गरेको हो।

बराहताल गाँउपालिकाका अध्यक्ष भिमबहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोजकुमार थापालाई बिएलबी मेसिन र प्रमाण पत्र हस्तान्तरण गरेर सेवाको सुरुवात गरे।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाँउपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाँउपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरू गर्न पाउँदा खुसी लागेको बताए। नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउन हरदम तत्पर रहेको जानकारी दिए।

बैंकको शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाको भुक्तानी गर्न सकिनेछ।

बैंकले दिगो बैंकिङ कार्यक्रमअन्तर्गत देशका विभिन्न ठाउँमा वित्तीय पहुँच पुर्‍याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको जनाएको छ।

यस्तै बैंकले वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा डिजिटल बैंकिङ तथा वित्तीय पहुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति, सुर्खेतको सभाहलमा भएको उक्त कार्यक्रममा स्थानीय क्षेत्रको कृषि प्रवर्द्धधन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरतामा केन्द्रित रहेको थियो।

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सहयोग गर्न बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ सेवाको सुरुवात गरेको हो। १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले अहिले १ सय शाखामा विस्तार भएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : २२ बजे

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ