आयुर्वेदिक उपचारमा रक्तमोक्षण विधिको प्रयोग बढ्दो | Khabarhub Khabarhub

आयुर्वेदिक उपचारमा रक्तमोक्षण विधिको प्रयोग बढ्दो

रगत निकालेर कसरी गरिन्छ बिरामीको उपचार ?



काठमाडौँ – पछिल्लो समय आयुर्वेदिक उपचारको प्रयोग बढ्न थालेको छ। कोरोना संक्रमणकै बेला पनि कतिपय उपचार विधिहरू अवलम्बन गरीएको छ।

आयुर्वेदिक उपचारमा दुखाई कम गर्न प्रयोग गरिने रक्तमोक्षण विधिको प्रयोग गरेर रामेछापको सावित्री कार्कीको उपचार गरियो। उनले आयुर्वेदिक अस्पताल पुगेपछि मात्रै थाहा पाइन्, आफ्नो उपचारमा रगत निकालेर पनि उपचार गरिन्छ भनेर।

‘घरमा सल्लाह गरेको त उल्टै गाली खाएँ, पछि अरुले पनि गरेको आफ्नै आँखाले देखेपछि एकल आँटले हुन्छ भने त्यसको दुई दिन पछि त काँडा झिकेको जस्तै सन्चो भएको जस्तो लाग्यो’ उनले भनिन्, ‘सारै राम्रो उपचार रहेछ। आयुर्वेद जस्तो लाग्यो। त्योपछि जे–जे समस्या भए पनि नरदेवी अस्पताल नै आउने गरेको छु।’

रक्तमोक्षण उपचार विधि के हो ?
रक्त भनेको रगत र मोक्षण भनेको निकाल्ने भन्ने हुन्छ। शरीरमा भएको अस्वस्थ रगतलाई निकालेर गरिने उपचार विधिलाई रक्तमोक्षण विधि भनेर भनिन्छ। प्राचीन चिकित्सा पद्धति जसलाई हामी आयुर्वेदिक भन्छौँ, त्यसमा (सुसुसमिता) भन्ने किताब छ।

त्यहाँ मानिसमा रोगका विभिन्न कारणहरू हुन्छन्। बाथ, पित्त, कफ र रगत भनेर रोग उत्पादन गर्ने रोगको कारणको रूपमा हेरेको छ। जुन पित्त र रगतसँग सम्बन्धित समस्याका कारण हुने रोगहरूमा रगत निकालेर उपचार गरिन्छ। जस्तो छालाको समस्या सुनिने समस्याहरूमा रक्तमोक्षण गरिन्छ।

यही उमेर भन्ने मापदण्ड छैन। तर सामान्यतया एकदमै हाइपर टेन्सन भएको बिरामी गर्भवती महिला, रगत निकाल्दा डराउने व्यक्तिहरू बाहेक जुन पित्त र रगतसँग सम्बन्धित सबै बिरामीमा यो उपचार गरिन्छ।

फाइदा के-के हुन्छन् ?
विशेष गरी शरीरमा भएको अशुद्ध रगतलाई निकाल्ने भएकाले यसको फाइदा देखिन्छ। शरीरमा अशुद्ध रगत भयो भने धेरै रोगहरू लाग्छ। त्यसलाई यसले रोक्छ, शरीरलाई सफा राख्न मद्दत गर्दछ। दुखाइहरू कम गर्न र शुद्ध रगतको सञ्चालन गर्न पनि मद्दत गर्दछ।

रोगको प्रकृति अनुसार केही गर्दा पनि निको भएन भने एक चोटि रक्तमोक्षण गर्दा पनि दुखाई कम हुन्छ। छालाका रोगहरू सोडियासेस, इग्जमा त्यसमा पटक पटक पनि रक्तमोक्षण गर्नु पर्ने हुनसक्छ। हाम्रो मित्र राष्ट्र चीनमा पनि अपनाउँछन्।

उनीहरूले एकदमै ज्वरो आयो, एकदमै घाँटी दुख्यो भने पनि हाम्रो शरीरमा हिटको मात्र बढी भएर हो। त्यो हिटलाई बाहिर फाल्नुपर्दछ भनेर कपिङको माध्यमबाट रक्तमोक्षण गर्दछन्। दुखाईको अवस्था हेरेर मात्र जस्तो कुनै एउटै संवेदनशील दुखाई भइरहेको छ भने मात्र रक्तमोक्षण गरिन्छ जुन सुकै प्रकारको दुखाई मा यो गर्ने हैन। सम्बन्धित चिकित्सकले जाँच गरेर रक्त मोक्षण गरिन्छ।

रगत निकाल्दा कति निकाल्ने गरिन्छ ?
रगत निकाल्ने पनि विधि हुन्छ। जस्तो जुकाहरूको प्रयोग गरेर निकालिन्छ। गोरुको सिङहरूको सहायताले पनि निकालिन्छ। त्यसको मात्रा भनेको रोगको प्रकृति हेरेर हुन्छ। कुनैमा एक दुई थोपा मात्र पनि निकालिन्छ।

कुनैमा रगत ननिकाली त्यो ठाउँमा घर्षण गरेर मात्र पनि उपचार गर्दछौँ। कतिपय अवस्थामा २० एमएल पनि निकाल्नु पर्दछ। त्यसैले कुन प्रकारको रक्तमोक्षण गर्नै भन्ने बारेमा पनि भर पर्दछ।

छालासँग सम्बन्धित, ज्वरो लामो समयसम्म आएको अवस्थामा, लामो समय सम्म घाँटीको समस्या धेरै ठाउँमा उपचार गरे केही सीप नलागेपछि यहाँ आउने बिरामीहरूलाई अवस्था हेरेर हामीले उपचार गर्छौ।

यो उपचार अहिले नरदेवी आयुर्वेदिक अस्पतालमा भइरहेको छ। जहाँ सजिलो पनि छ। सस्तो पनि छ।

(आयुर्वेदिक चिकित्सक जया सत्यालसँग खबरहबकर्मी विना न्याैपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १३ बजे

कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँचजना

‘जलवायु परिवर्तनको असर स्थानीय तहमा बढी’

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले जलवायु परिवर्तनको असर स्थानीय

इलाका प्रशासन रामपुरबाट सेवा सुरु

रामपुर – इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा

जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण : कीर्तिपुरबाट पक्राउ परे डोटीका दुई युवक

काठमाडौं- गत शनिबार भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलपछि जनकपुर

पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा

पोर्चुगल – पोर्चुगलमा सञ्चालित घुम्ती सेवा शिविरबाट तीन हजारभन्दा बढी