अमेरिकी उप निर्वाचनको रौनक « Khabarhub

अमेरिकी उप निर्वाचनको रौनक


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

संसारकै महाशक्ति अमेरिकामा ८ नोभेम्बरको धेरैले प्रतीक्षा गरेर बसेका छन्। त्यसै दिन अमेरिकी कांग्रेसका केही सिनेटको मध्यावधि निर्वाचन हुँदैछ। अहिलेको संसद्को समीकरणमा दुवैको अवस्था उस्तै छ। तर, उपराष्ट्रपतिमा निर्णायक मतको अधिकार भएका कारण डेमोक्र्याटका कारण केही सहज अवस्था छ।

अब हुने निर्वाचनमा डेमोक्र्याटको एक स्थान मात्र खोस्न सके पनि रिपब्लिकले बाँकी समयका लागि जो बाइडेनलाई अप्ठेरोमा पार्न सक्ने छ। परम्परावादीको बाहुल्यता भएको जर्जियामा सन् २०२० मा अप्रत्याशित रूपमा डेमोक्र्याटले जितेको थियो। ५३ वर्षीय राफेल वार्नकले जित हात पार्दै राज्यका पहिलो अश्वेत सिनेटर भएका थिए। त्यस समयमा राज्यमा रहेका धेरै अफ्रिकन अमेरिकनको भूमिका महत्त्वपूर्ण बनेको थियो। यस पटक पनि रिपब्लिकनले ६० वर्षीय अश्वेत हर्सल वाल्करलाई सिनेट सदस्यको उम्मेदवार बनाएको छ।

यी दुवै अप्ठेरो परिस्थितिबाट उदाएका हुन्। तर, तिनीहरूले अहिले लिएको बाटो र अहिलेको परिवेश एकदमै फरक नहुन सक्छ। वारनक पुरोहितको काम गर्थे। पछि उनी सिनियर पास्चरको रूपमा माटिन लुथरकिङ जुनियर चर्चमा काम गर्थे। वाल्कर अमेरिकी फुटबलका ऐतिहासिक व्यक्ति हुन्। पछि उनलाई डोनाल्ड ट्रम्पले राजनीतिमा अगाडी बढाएका हुन्।

वाल्करको अभियानमा थुप्रै व्यक्तिगत मुद्दाले असर गरेका छन्। तर, उदारवादी राजनीतिलाई मन नपराउने त्यहाँको सोचले उनलाई फेरि जित दिलाउन पनि सक्नेछ। डेमोक्र्याटका उम्मेदवारहरूले गर्भपतनको मुद्दा र मताधिकारको विषयलाई चुनावी मुद्दा बनाउने छन्। तर, पछिल्लो समयको आर्थिक मन्दी र त्यस क्षेत्रमा बढ्दै गएको राष्ट्रपति जो वाइडेनको अलोकप्रियताले धेरै असर गर्न सक्ने छ।

पेन्सेभानियाको कथा भने फरक छ। अत्यन्त नजिकको प्रतिस्पर्धा त्यहाँको विशेषता नै हो। त्यहाँ पछिल्ला दुई राष्ट्रपतीय निर्वाचनमा एक प्रतिशत भन्दा कम मतको अन्तर भएको थियो। ती क्षेत्रमा व्यक्तिगत प्रभाव र जीवनयापनको शैलीले मतदानमा धेरै नै प्रभाव पार्न सक्ने छन्।

५३ वर्षीय जोन फिटरम्यान ६ फिट ८ इन्च अग्ला छन्। उनको हातमा ट्याटु खोपिएका छन्। हवार्डका ग्र्याजुएट उनी उड र अन्य अनौपचारिक पहिरनमा देखिने गरेका छन्। यी प्रगतिशील डेमोक्र्याटले केही महिना अगाडि हृदय घातको सिकार नभएसम्म निर्वाचन अभियानमा अन्य प्रतिस्पर्धीलाई धेरै पछि छाडेका थिए। अस्वस्थताका कारण सबै मतदाताको जवाफलाई उत्तर दिन नसकेपछि उनी पछि परेका थिए।

उनका रिपब्लिक प्रतिद्वन्द्वी मेहटम टिभी कार्यक्रममा ‘डा. ओज’को नामले परिचित छन्। विभिन्न सार्वजनिक कार्यक्रममा अनाथको लागि कार्यक्रमको सोच अगाडि सारेका उनको जीवन यापनको शैली सात्त्विक छ। उनले फिटरम्यान शाकाहारी भएको भए बिरामी नहुने जिकिरसमेत गरेका छन्।

फेटरम्यानले पनि आफूलाई त्यत्तिकै आक्रामक रूपमा प्रस्तुत गरेका छन्। यी दुई बिचको अन्तिम चुनावी अभियानको कार्यक्रम टेलिभिजनबाटै हुने छ। जुन कार्यक्रम हेर्न धेरैले अनिवार्य ठानेका छन्।

तीव्र प्रतिस्पर्धा मानिएको नेभाडाको चुनावलाई त्यत्तिकै प्रतीक्षाको साथ हेरिएको छ। देशको पहिलो ल्याटिन सिनेटरको रूपमा सन् २०१६ मा डेमोक्र्याटिक सिनेटर क्याथरिन कोर्टेज मास्टोले जित हात पारेका थिए। यस पटक उनलाई जोखिम क्षेत्रको उम्मेदवार मानिएको छ। ल्याटिन पृष्ठभूमि हुनेहरूले अर्को विकल्प रोज्न सक्ने सम्भावना प्रबल मानिएको छ।

अहिले ल्याटिनको धरातल खस्कँदै जानुको मुख्य कारण गर्भपतन र आप्रवासीको बारे त्यहाँ बन्दै गएको धारणा पनि हो। कोरोनाले लास भेगास र रेनोमा सबैभन्दा धेरै प्रभाव पारेका थिए। यो प्रभावसँगै नेभाडाको अर्थतन्त्र पनि ध्वस्त भएको छ। त्यस ध्वस्त अर्थतन्त्र पनि त्यहाँको मुख्य मुद्दा बनेको छ।

रिपब्लिकले सत्तामा रहेको पार्टीलाई सजाय दिने अनुमान गरिएको छ। त्यसो भएमा ४४ वर्षीय आदम लाखतले आफ्नो बाबु र हजुरबाको पथलाई पछ्याउने छन्। उनी अगाडिको दुई पुस्ता नै अमेरिकाको सिनेटमा प्रवेश गरेका थिए।

एरिजोनाको निर्वाचन धेरै कारणले पेचिलो बनेको छ। त्यहाँ द्वन्द्वको सिद्धान्त प्रस्ट देखिएको छ। रिनेटका लागि रिपब्लिकका ३६ वर्षीय उम्मेदवार ब्लेक मास्टरले अन्य सबै उम्मेदवारलाई झुटको खेती गरेको आरोप लगाएका छन्। यत्ति मात्र होइन, ठूला प्रविधिका आलोचक तथा कट्टर राष्ट्रवादी उनले अमेरिकाले किभमा सहयता पठाएको विषयसमेत विरोधी हुन्।

नासाका पूर्व वैज्ञानिक मार्क केलिसिनेट सदस्यको पदको रक्षा गर्न मेहनत गरिरहेका छन्। सन् २०११ मा कङ्ग्रेसकी सदस्य रहेकी गेबी जीफोर्डलाई बन्दुक हमला भएको थियो र त्यस समयमा उनी झन्डै मरेकी थिइन्। यसपछि नै केलिको सिनेट यात्राको सुरुवात भएको हो।

यी दुई दम्पतीले पछिल्लो दशक बन्दुकबिहीन प्रान्तको मुद्दा अगाडि बढाएका छन्। शारीरिक कारणले राम्रोसँग लेख्न, बोल्न र पढ्न नसक्ने भएपछि जिफोर्ड राजनीतिबाट टाढा भएकी हुन्। खुला सीमाको पक्षधर भनिने केलि भने सीमामा बनेको कठोर कानुनको सवालमा रक्षात्मक भएका थिए। गत ग्रीष्मसम्मको पोलको आधारमा हेर्ने हो भने केलि अगाडी देखिएका थिए।

अर्को प्रान्त विन्सकनमा भने डेमोक्र्याटले आफ्नो मुख्य लक्ष्य बनाएका छन्। देश नै खतरामा परेको ठहर गर्दै सिनेटर जोन्स रन्सनले विधायकको रूपमा दोस्रो कार्यकाल नरहने भन्दै गरेको निर्णयलाई उल्ट्याउँदै फेरी उम्मेदवार भएका छन्।

६७ वर्षीय रिपब्लिकन यी उम्मेदवार जो वाइडेनको २०२० को जितलाई प्रमाणीकरण गर्न अस्वीकार गरेका थिए। त्यहाँ भएको हिंसात्मक घटनाका कारण पनि रिपब्लिक आलोचित नभएको होइन। यी सबैका बाबजुद रिपब्लिकनहरूले ३५ वर्षीय डेमोक्र्याट उम्मेदवार मन्डेला बारनेसको अवस्था मजबुत रहेको कुरा अस्वीकार गरेका छन्। गैर कानुनी आप्रवासीको विरुद्धमा त्यहाँको कठोर कदमलाई निर्वाचनले अनुमोदन गर्छ या गर्दैन भन्ने कुरामा पनि धेरैको चासो रहेको छ।

बारनेसले रोन्सनले गर्भपतन कानुनको विरोधी कदमलाई मुद्दा बनाएका छन्। तर, समीक्षकहरूका अनुसार पछिल्लो समय रिपब्लिकको अवस्था सुधार आइ रहेको छ। ओहीयले पछिल्ला दुई राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई गजबले साथ दिएको थियो। यस कारण त्यस प्रान्तमा नजिकको प्रतिस्पर्धा हुने कमैले अनुमान गरेका छन्। डेमोक्र्याटले प्रतिनिधि सभाका १० पटकका विधायक ४९ वर्षीय टिम रायनलाई उम्मेदवार बनाएको छ।

यसैगरी रिपब्लिकले ३८ वर्षीय जेडी भान्सलाई उम्मेदवार बनाएको छ। उनी अहिले कला क्षेत्रमा लोकप्रियताको शिखरमा छन्। सन् २०१६ मा उनको फिल्म ‘हेलीङबी एबेली’ नेटफ्लीक्समा अत्यधिक हेरिएको थियो। कुनै समय तत्कालीन राष्ट्रपति ट्रम्पका आलोचक रहेका उनी अहिले ट्रम्पको मुख्य समर्थक बनेका छन्।

अहिलेको निर्वाचनमा वाक कला र कार्यक्रममा प्रस्तुतिको आधारमा रेन धेरै अगाडी छन्। रिपब्लिकनहरूले आफ्नो प्रतिद्वन्द्वीलाई झुटो भन्दै प्रचार गरेको छ। अहिले त्यस क्षेत्रमा रिपब्लिक फराकिलो अन्तरको जित चाहन्छ। संसारमै अर्थपूर्ण मानिने अमेरिकी सिनेटको यो परिणामले विश्व राजनीतिलाई नै नयाँ दिसामा लैजान सक्ने छ। तस्बिर: बीबीसी

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : १८ बजे

विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग

एजेन्सी– संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन्

सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर