प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उहाँसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो। सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुन्। सुनक पूर्वी अफ्रिकाबाट बेलायत आएका हुन्।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ४४ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि