१८ पहिरोपीडित परिवारले पाए नयाँ घर  « Khabarhub

१८ पहिरोपीडित परिवारले पाए नयाँ घर 


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ अर्खले गाउँका पहिरोपीडितले नयाँ घर पाएका छन्।

दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका थिए।  उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको  गाउँपालिकाले जनाएको छ।

गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए। पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरिएको छ।

०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन्।

गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ। उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्टाइएको थियो।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ५० बजे

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक