समयमा फूल नफूलेपछि व्यवसायी चिन्तित « Khabarhub

समयमा फूल नफूलेपछि व्यवसायी चिन्तित


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

म्याङ्लुङ– तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ । तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता  चिन्तित छन् । 

समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ । तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरिन् । 

हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफूलेपछि चिन्तामा छन् । ‘यसपटक फूलमा गरेको मेहेनत खेर जाने भयो । सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ’, उनले भने, ‘गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नु परेको छ ।’

तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेका कारण तेह्रथुममा तिहारका लागि प्लास्टिकका माला र फूलका गुच्छाहरू बिक्री भइरहेका छन् । सरकारले साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो ।

 प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने राजपत्रमा उल्लेख छ । तर जिल्लामा निर्वाधरूपमा प्लाष्टिकका फूल बिक्री भइरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : ०८ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने