निर्वाचनका लागि नेपाल मजदुर किसानद्वारा घोषणापत्र सार्वजनिक « Khabarhub

निर्वाचनका लागि नेपाल मजदुर किसानद्वारा घोषणापत्र सार्वजनिक


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीको निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सत्ता गठबन्धन देश र जनताको विरोधमा भएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिपक्षी एमालेले पनि सडक र सदनमा सक्रिय भूमिका खेल्न नसकेका कारण सरकारलाई मनपरी गर्न सहयोग पुगेको नेमकिपाको तर्क छ । कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवै सारमा एउटै सिक्काका दुई पाटा हुन भन्न प्रष्ट रहेको घोषणापत्रमा उल्लेख छ भने दुई गठबन्धन पुँजीवादी सरकारको भागबन्डा गर्ने चाँजोपाजो मात्रै भएको नेमकिपाका नेता प्रेम सुवालले बताए ।

कृषिमा आत्मनिर्भर बनाउन, जमिन जोत्नेलाई वितरण गराउन र रासायनिक मल कारखाना स्थापना गराउन पार्टीका जनप्रतिनिहिरुले आवाज उठाउने उनले बताए । देशको सुरक्षा र सार्वभौमिकता रक्षाको संघर्ष अघि बढाउने, देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेन्डुपहरुलाई हराउन, स्वास्थ्य सेवा निशुल्क र सुलभ गराउन ध्यान केन्द्रित गर्ने उनले बताए । 

त्यस्तै नेमकिपाका अध्यक्ष बिजुक्छेले मुलुकको वास्तविकताका बारेमा अझै जनतालाई बुझाउन जरुरी रहेको बताए । उनले अन्य दलले जस्तो आफ्नो पार्टीले निर्वाचनमा खर्च गर्न नसक्ने धारणा राखे । नेमकिपा सरकारमात्रै गएर व्यवस्था परिवर्तन हुन नसक्ने भएकाले सरकारबाहिरै बसेर व्यवस्था सच्चाउन लाग्ने उनको भनाई छ । 

नेमकिपाले माध्यामिक शिक्षा निशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निशुल्क गराउन, हरेक प्रदेशमा प्रदेशस्तरीय विश्वविद्यालय र अस्पताल निर्माण गराउन, किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन ध्यान केन्द्रित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : १७ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा