निर्वाचनका लागि नेपाल मजदुर किसानद्वारा घोषणापत्र सार्वजनिक « Khabarhub

निर्वाचनका लागि नेपाल मजदुर किसानद्वारा घोषणापत्र सार्वजनिक


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीको निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सत्ता गठबन्धन देश र जनताको विरोधमा भएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिपक्षी एमालेले पनि सडक र सदनमा सक्रिय भूमिका खेल्न नसकेका कारण सरकारलाई मनपरी गर्न सहयोग पुगेको नेमकिपाको तर्क छ । कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवै सारमा एउटै सिक्काका दुई पाटा हुन भन्न प्रष्ट रहेको घोषणापत्रमा उल्लेख छ भने दुई गठबन्धन पुँजीवादी सरकारको भागबन्डा गर्ने चाँजोपाजो मात्रै भएको नेमकिपाका नेता प्रेम सुवालले बताए ।

कृषिमा आत्मनिर्भर बनाउन, जमिन जोत्नेलाई वितरण गराउन र रासायनिक मल कारखाना स्थापना गराउन पार्टीका जनप्रतिनिहिरुले आवाज उठाउने उनले बताए । देशको सुरक्षा र सार्वभौमिकता रक्षाको संघर्ष अघि बढाउने, देशलाई सिक्किम बनाउन खोज्ने नेपाली लेन्डुपहरुलाई हराउन, स्वास्थ्य सेवा निशुल्क र सुलभ गराउन ध्यान केन्द्रित गर्ने उनले बताए । 

त्यस्तै नेमकिपाका अध्यक्ष बिजुक्छेले मुलुकको वास्तविकताका बारेमा अझै जनतालाई बुझाउन जरुरी रहेको बताए । उनले अन्य दलले जस्तो आफ्नो पार्टीले निर्वाचनमा खर्च गर्न नसक्ने धारणा राखे । नेमकिपा सरकारमात्रै गएर व्यवस्था परिवर्तन हुन नसक्ने भएकाले सरकारबाहिरै बसेर व्यवस्था सच्चाउन लाग्ने उनको भनाई छ । 

नेमकिपाले माध्यामिक शिक्षा निशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निशुल्क गराउन, हरेक प्रदेशमा प्रदेशस्तरीय विश्वविद्यालय र अस्पताल निर्माण गराउन, किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन ध्यान केन्द्रित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : १७ बजे

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा