मौलिकता गुमाउँदै देउसी भैलो, पश्चिमा संस्कृति भित्रिँदै « Khabarhub

मौलिकता गुमाउँदै देउसी भैलो, पश्चिमा संस्कृति भित्रिँदै


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– पछिल्लो समय पश्चिमा संस्कृतिको आक्रमणमा परेर देउसी भैलोको मौलिकता हराउन थालेको छ । तिहारको महत्वपूर्ण पक्ष देउसी र भैलो पछिल्ला केही वर्षयता आर्थिक र मनोरञ्जनमा मात्रै सीमित हुन थालेपछि यसको सांस्कृतिक पक्ष लोप हुन थालेकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । 

यहाँका जानकार आचार्य घनश्याम लेखकले केही वर्षयता देउसी भैलोको सांस्कृतिक पक्ष हराउन थालेको बताए। ‘देउसी भैलो उति बेलाको सिञ्जा राज्यबाट प्रचलनमा आएको हो, यसको सांस्कृतिक महत्व छ’, उनले भने, ‘अहिले मनोरञ्जन र आर्थिक पाटोलाई मात्रै हेरेर देउसी भैलो खेल्ने गरिन्छ ।’

देउसी र भैलो तत्कालीन सिञ्जा राज्यका बलिराजाको कथा जोडिएर आउने गरेको उनले बताए। ‘सिञ्जा राज्यका राजाले पाँच दिन आफ्ना नागरिकलाई घरघरमा गएर माग्न छुट दिएको थियो ।’ उनले भने, ‘राजाले पठाएका कारण नै देउसीमा हामी त्यसै आएका होइनौँ बलि राजाले पठाएको भनेर भन्ने गरिन्छ ।’ उनले भैलोको अर्थ भलो होस् भन्ने रहेकाले घरमूलीलाई आसिक दिने गरेको बताए।

देउसी भैलोको धार्मिक एवं सांस्कृतिक दृष्टिले तिहारको महत्व धेरै रहेको साहित्यकार रमेश पन्त मीतबन्धुले बताए । ‘देउसी भैलो गाउँदा लोकगाथा पनि जोडिने भएकाले यसको सांस्कृतिक महत्व रहेको छ ।’उनले भने, ‘ठाउँअनुसार देउसी र भैलो फरकफरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ’, तर पछिल्लो समय आधुनिकताले भने मौलिकता हराउन लागेको उनले बताए ।

‘देउसी भैलोमा मादललगायत लोकबाजा पनि प्रयोग हुने गर्थे अहिले ती देखिँदैनन्’, उनले भने, ‘अहिलेको युवा पुस्तालाई यसको सांस्कृतिक महत्वबारे बुझाउन जरुरी छ ।’ देउसी र भैलोमा लोकबाजाको ठाउँमा आधुनिक बाजा बजाउने र लोकगाथाको सट्टा आधुनिक गीत गाउने प्रचलनले यसको सांस्कृतिक महत्व ओझेलमा पर्न थालेको साहित्यकार कविराज भट्टले बताए ।

‘अहिलेका युवापुस्तालाई संस्कृति संरक्षणका बारेमा बुझाउन जरुरी छ ।’ उनले भने, ‘अहिले पर्वहरुमा मनोरञ्जन गर्ने मात्रै बुझिदिँदा सांस्कृतिक पक्ष ओझेलमा परेको हो ।’ उनले संस्कृतिसम्बन्धी जानकारले समेत पछिल्लो पुस्तालाई हाम्रो संस्कृतिको बारेमा बुझाउन नसकेको बताए । उनले प्रविधिको विकासले गर्दा मौलिक परम्परा संरक्षणमा चुनौती थपिएको बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ३३ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका