आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता « Khabarhub

आर्थिक स्थायित्व कायम गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजा चाल्र्स तृतीयलाई बकिङघम राजप्रासादमा भेटेपछि उनीबाट सरकार गठनको आह्वान पश्चात् औपचारिक रूपमा प्रधानमन्त्री बन्नुभएका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले त्यसनिम्ति गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका छन् ।

‘अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामना गरिरहेको छ,’ प्रधानमन्त्री कार्यालय बाहिर पत्रकारहरूलाई उनले भने । प्रधानमन्त्री सुनकले लिज ट्रसले आर्थिक वृद्धि सुधार गर्न चाहनु गलत थिएन यद्यपि त्यसमा गल्ती भएका उनको विश्लेषण थियो । आर्थिक वृद्धि बढाउन पूर्ववर्ती सरकारबाट भएका प्रयासले अमेरिकी डलको तुलनामा आफ्नो देशको मुद्रा अवमूल्यन भएको बताउँदै अघिल्लो सरकारका त्रुटी सच्च्याउन आफू प्रधानमन्त्री निर्वाचित भएको तर्क गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ०६ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७