भोजपुरमा पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादीका किराँती विजयी « Khabarhub

भोजपुरमा पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादीका किराँती विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले एमालेका राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन्।

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन्। उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरेका छन् भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त पाएका छन्।

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए। तीन हजार एक सय ६८ मत बदर भएको थियो। भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (क) मा सात तथा प्रदेशसभा (ख) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए।

भोजपुरमा प्रदेशसभा (क) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भइसकेका छन्।

यस्तै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी भएका छन्। समानुपातिकतर्फको मतगणना शुक्रबारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना