भोजपुरमा पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादीका किराँती विजयी « Khabarhub

भोजपुरमा पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे माओवादीका किराँती विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले एमालेका राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन्।

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन्। उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरेका छन् भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त पाएका छन्।

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए। तीन हजार एक सय ६८ मत बदर भएको थियो। भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (क) मा सात तथा प्रदेशसभा (ख) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए।

भोजपुरमा प्रदेशसभा (क) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी भइसकेका छन्।

यस्तै प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी भएका छन्। समानुपातिकतर्फको मतगणना शुक्रबारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ३५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता