उदयपुर-१ : नारायण खड्काको अग्रता कायमै « Khabarhub

उदयपुर-१ : नारायण खड्काको अग्रता कायमै


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुर १ मा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले १६ हजार ३०१ मत ल्याएका छन् । उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याएरहेकी छन् ।

३८ हजार ८९१ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा एक हजार ७७० मतले अग्रता कायम राखेका छन् । यहाँ कुल खसेको मत संख्या ७६ हजार ७ सय ५६ हो । प्रतिनिधि सभा सदस्य तर्फ यहाँ ३७ हजार ८६५ मत गन्न बाँकी छ ।

प्रदेश सभातर्फ (क) मा माओवादीका राजन किरातीले १३ हजार ७३५ मत ल्याएका छन् । एमालेका कुशलबाबु बस्नेतले १२ हजार ४२४ मत पाएका छन् । ३५ हजार २५२ मत गणना गर्दासम्म किराती बस्नेतभन्दा १३ सय ११ मतले अघि रहेका छन् । प्रदेश सभा (क) ३९ हजार ७१ मत खसेको थियो । अब त्यहाँ गर्न बाँकी तीन हजार ८१९ मत छ ।

त्यसैगरी (ख) तर्फ कांग्रेसका हिमाल कार्कीले १३ हजार २५४ मत पाएका छन् भने एमालेका ईश्वरमणि राउतले १२ हजार ६७० मत प्राप्त गरेका छन् । ३२ हजार २५० मतको गणनामा कार्की पाँच सय ८४ मतले अघि छन् । प्रदेश सभा (ख) मा ३७ हजार ६ सय ८५ मत खसेको थियो । अब गन्न पाँच हजार ४३५ मत बाँकी छ।

प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा परिणामले देखाउँदै छ । प्रतिनिधि सभामा खड्का र चौधरीबीचको कडा प्रतिस्पर्धाले यस्तो देखाएको हो । प्रदेशतर्फ पनि (क) र (ख) दुवैमा मतान्त्ररको अवस्था त्यही छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : २० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल