उदयपुर-१ : नारायण खड्काको अग्रता कायमै | Khabarhub Khabarhub

उदयपुर-१ : नारायण खड्काको अग्रता कायमै


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुर १ मा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले १६ हजार ३०१ मत ल्याएका छन् । उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याएरहेकी छन् ।

३८ हजार ८९१ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा एक हजार ७७० मतले अग्रता कायम राखेका छन् । यहाँ कुल खसेको मत संख्या ७६ हजार ७ सय ५६ हो । प्रतिनिधि सभा सदस्य तर्फ यहाँ ३७ हजार ८६५ मत गन्न बाँकी छ ।

प्रदेश सभातर्फ (क) मा माओवादीका राजन किरातीले १३ हजार ७३५ मत ल्याएका छन् । एमालेका कुशलबाबु बस्नेतले १२ हजार ४२४ मत पाएका छन् । ३५ हजार २५२ मत गणना गर्दासम्म किराती बस्नेतभन्दा १३ सय ११ मतले अघि रहेका छन् । प्रदेश सभा (क) ३९ हजार ७१ मत खसेको थियो । अब त्यहाँ गर्न बाँकी तीन हजार ८१९ मत छ ।

त्यसैगरी (ख) तर्फ कांग्रेसका हिमाल कार्कीले १३ हजार २५४ मत पाएका छन् भने एमालेका ईश्वरमणि राउतले १२ हजार ६७० मत प्राप्त गरेका छन् । ३२ हजार २५० मतको गणनामा कार्की पाँच सय ८४ मतले अघि छन् । प्रदेश सभा (ख) मा ३७ हजार ६ सय ८५ मत खसेको थियो । अब गन्न पाँच हजार ४३५ मत बाँकी छ।

प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा परिणामले देखाउँदै छ । प्रतिनिधि सभामा खड्का र चौधरीबीचको कडा प्रतिस्पर्धाले यस्तो देखाएको हो । प्रदेशतर्फ पनि (क) र (ख) दुवैमा मतान्त्ररको अवस्था त्यही छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : २० बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा