मतदातालाई धन्यवाद दिन सिके राउत खेतमा पुगे « Khabarhub

मतदातालाई धन्यवाद दिन सिके राउत खेतमा पुगे


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलो पटक संघीय सांसदमा निर्वाचित जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन पुगेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका राउत यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेतमा पुगिरहेका छन् । शान्ति प्रक्रियामा आएपछि मुख्यतः मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरिरहेका छन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादव १६ हजार ९७९ मतमा सीमित भए । राउतको विजयसँगै चौथो पटक निर्वाचित हुने यादवको चाहाना पुरा भएन ।

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा होमिएका हुन् । उनलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्ततः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि (जनमत पार्टी) का रूपमा राजनीतिक दल गठन गरेर तराई मधेस केन्द्रित आन्दोलन गरिरहेका राउतले पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए। त्यति बेला सप्तरी धनुषालगायतका स्थानीय तहमा  उनको पार्टी विजय भएको थियो ।

गत स्थानीय तहमा विजय हासिल गरेको जनमत पार्टी पहिलो पटक प्रतिनिधिसभामा प्रवेश गर्न लागेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ३१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना