मतदातालाई धन्यवाद दिन सिके राउत खेतमा पुगे « Khabarhub

मतदातालाई धन्यवाद दिन सिके राउत खेतमा पुगे


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलो पटक संघीय सांसदमा निर्वाचित जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन पुगेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका राउत यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेतमा पुगिरहेका छन् । शान्ति प्रक्रियामा आएपछि मुख्यतः मलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरिरहेका छन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादव १६ हजार ९७९ मतमा सीमित भए । राउतको विजयसँगै चौथो पटक निर्वाचित हुने यादवको चाहाना पुरा भएन ।

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा होमिएका हुन् । उनलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्ततः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि (जनमत पार्टी) का रूपमा राजनीतिक दल गठन गरेर तराई मधेस केन्द्रित आन्दोलन गरिरहेका राउतले पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए। त्यति बेला सप्तरी धनुषालगायतका स्थानीय तहमा  उनको पार्टी विजय भएको थियो ।

गत स्थानीय तहमा विजय हासिल गरेको जनमत पार्टी पहिलो पटक प्रतिनिधिसभामा प्रवेश गर्न लागेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ३१ बजे

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस

सरकारलाई सर्वोच्चको धक्का : ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईवटा धक्का दिएको

फिलिपिन्सकी उपराष्ट्रपति डुतेर्तेविरुद्ध महाभियोग लगाइने

एजेन्सी– फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्तेविरुद्ध महाभियोग लगाउने प्रस्तावहरू