गोरखा २ बाट निर्वाचित प्रमाणपत्र प्रचण्डलाई हस्तान्तरण « Khabarhub

गोरखा २ बाट निर्वाचित प्रमाणपत्र प्रचण्डलाई हस्तान्तरण


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रमाणपत्र बुझेका छन्।

गोरखा २ बाट फराकिलो मतान्तरले विजयी भएका उनले आज प्रमाणपत्र बुझेका हुन्। उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए। तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे।

प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए। नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन्।

गोरखा २ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बाबुराम पनि सँगै गएका थिए। त्यसबेला प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ सँगै थिए। तर, यसपटक प्रचण्ड र श्रेष्ठ मात्रै पुगे। बाबुराम गएनन्। आफ्नी छोरी मानुषी प्रतिनिधिसभा सदस्यमा निर्वाचित नभएकाले पनि उनी नगएको बुझिएको छ।

साथै गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ३९ बजे

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे

दलहरूलाई रेखाको चुनौती, ‘जेन–जीका माग सम्बोधन गर्ने घोषणापत्र छ ?

काठमाडौं – नायिका तथा नेतृ रेखा थापाले सार्वजनिक रूपमा दलहरूमाथि

स्वास्थ्य बीमा सेवामा अनावश्यक रिफर गर्ने संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी 

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले

धनुषा पुगेर सभापति थापाको आह्वान, ‘अबको पाँच वर्ष कांग्रेसलाई सरकार चलाउन दिनुस्’

धनुषा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित

कम्युनिष्ट एकताबाट प्रचण्ड भाग्दैछन् : विप्लव

काठमाडौं– नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफूहरू