गोरखा २ बाट निर्वाचित प्रमाणपत्र प्रचण्डलाई हस्तान्तरण « Khabarhub

गोरखा २ बाट निर्वाचित प्रमाणपत्र प्रचण्डलाई हस्तान्तरण


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रमाणपत्र बुझेका छन्।

गोरखा २ बाट फराकिलो मतान्तरले विजयी भएका उनले आज प्रमाणपत्र बुझेका हुन्। उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए। तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे।

प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए। नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन्।

गोरखा २ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बाबुराम पनि सँगै गएका थिए। त्यसबेला प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ सँगै थिए। तर, यसपटक प्रचण्ड र श्रेष्ठ मात्रै पुगे। बाबुराम गएनन्। आफ्नी छोरी मानुषी प्रतिनिधिसभा सदस्यमा निर्वाचित नभएकाले पनि उनी नगएको बुझिएको छ।

साथै गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ३९ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर