सप्तरी-४ को (१) मा नेकपा एसका न्यौपाने  विजयी « Khabarhub

सप्तरी-४ को (१) मा नेकपा एसका न्यौपाने  विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका हुन् । 

सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए । एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए।

गत निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याएका थिए। हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक/एक स्थानमा विजयी हासिल गरेको छ ।

सप्तरीका चार प्रतिनिधिसभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक-एक स्थानमा निर्वाचित भएका छन् । बाँकी रहेको क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार तीन सय ८० मतका साथ अग्रता बढाएका छन् । चौधरीलाई जसपाका बालकिशोर यादवले आठ हजार चार सय १८ मतका साथ पछ्याइरहेका छन् । 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : ०७ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना