सप्तरी-४ को (१) मा नेकपा एसका न्यौपाने  विजयी | Khabarhub Khabarhub

सप्तरी-४ को (१) मा नेकपा एसका न्यौपाने  विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित भएका हुन् । 

सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याए । एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याए।

गत निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याएका थिए। हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक/एक स्थानमा विजयी हासिल गरेको छ ।

सप्तरीका चार प्रतिनिधिसभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक-एक स्थानमा निर्वाचित भएका छन् । बाँकी रहेको क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार तीन सय ८० मतका साथ अग्रता बढाएका छन् । चौधरीलाई जसपाका बालकिशोर यादवले आठ हजार चार सय १८ मतका साथ पछ्याइरहेका छन् । 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : ०७ बजे

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको