प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत « Khabarhub

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ ।

निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख ४७ हजार २८१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ९१ हजार ६८२ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या पाँच लाख ४० हजार ९१६ रहेको छ ।

नेकपा (माओवादी केन्द्र)को चार लाख ९७ हजार ५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई लाख ८५ हजार १७५, जनता समाजवादी पार्टी नेपालको एक लाख ३७ हजार ९९६, नेकपा (एकीकृत समाजवादी) को ८३ हजार ९६४ ल्याएको छ।

नागरिक उन्मुक्ति पार्टीको ८२ हजार ३३६, जनमत पार्टीको ८२ हजार १८१, नेपाल मजदुर किसान पार्टीको ५७ हजार ८५४, लोकतान्त्रिक समाजवादी नेपालको ५६ हजार ३६२, हाम्रो नेपाली पार्टीको ३३ हजार ६६२, राष्ट्रिय जनमोर्चाको ३० हजार ५४० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : २५ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,