गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी « Khabarhub

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ । एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ ।

 मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ  १ (क), तनहुँ २ (ख), मनाङ १ (क)मा जितेको हो । यसैगरी कास्की २ (ख), ३(ख), नवलवुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।

एमालेले नवलपुर १ को (ख), २ (क) र (ख), कास्की १ (क), १(ख), २ (क) र ३ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ । पर्वतका दुवै क्षेत्रमा एमालेले जित निकालेको छ ।

स्याङ्जा १ (क) मा पनि एमालेले जितेको छ । माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जित निकालेको छ । तनहुँका १ (ख ) मा पनि माओवादीले जितेको छ ।  

मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए । अब स्याङ्जाका ३ क्षेत्रको परिणाम आउन बाँकी छ । स्याङजाका २ क्षेत्रमा गणना नै सुरु भएको छैन । एक क्षेत्रको गणना अन्तिम अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : २९ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना