मोरङ ६ बाट कांग्रेस नेता डा कोइराला विजयी « Khabarhub

मोरङ ६ बाट कांग्रेस नेता डा कोइराला विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले) का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले नौ हजार एक सय ४० मत प्राप्त गरेका छन् । 

निर्वाचन क्षेत्र नं ६(२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की १० हजार चार सय ५० मत प्राप्त गरी विजयी भएका छन्  । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण बस्नेत (पर्शुराम) ले नौ हजार दुई सय ७३ प्राप्त गरेका छन् । तेस्रो स्थानमा राप्रपाका राजेशकुमार मास्केले तीन हजार आठ सय ३७ मत प्राप्त गरेका हुन्।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर