पाल्पा-१ मा एमालेका आचार्य विजयी « Khabarhub

पाल्पा-१ मा एमालेका आचार्य विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए।

स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५,  राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गरे। आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरू नारायण न्यौपानेले २७,  राजु सुनारले ६८ र डोलराज तिमिल्सिनाले १० मत प्राप्त गरे। 

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो । जसमध्ये एक हजार चार सय सात मत बदर भएको छ । गत मङ्सिर ५ गते साँझदेखि सुरु भएको मतगणना आज सम्पन्न भएको हो । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ०२ बजे

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरुद्ध रिट दायर

काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन

मन्त्रिपरिषद् निर्णय : संसद्को ‘बिजनेस’का लागि अधिवेशन स्थगन

काठमाडौं– मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ